सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ बाँडफाँट, ५७ हजारभन्दा बढी लगानीकर्तालाई शेयर
जलसरोकार
काठमाडौँ : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड को साधारण शेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड को कार्यालयमा आज बिहान ९ बजे गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले गत माघ १८ देखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । सोअनुसार ५७ हजार २४३ जनाले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको १ कित्ता शेयरसमेत सोही समूहबाट एक जना लगानीकर्ताले थप प्राप्त गरी कुल ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा उच्च आकर्षण देखिएको र सीमित आवंटनका कारण अधिकांश आवेदक शेयरबाट वञ्चित भएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता