सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
जलसरोकार
काठमाडौं : सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य रु १०० का दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको हो, जसले कुल जारी सेयरको २० प्रतिशत प्रतिनिधित्व गर्छ । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहका लागि रहनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटललाई दिइएको छ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो टाडी खोला जलविद्युत् आयोजना सम्पन्न गरी हाल व्यापारिक उत्पादन गरिरहेको छ ।
यस आयोजनामा अपी पावरको उल्लेख्य स्वामित्व रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ
-
लाङटाङ खोला जलविद्युत् आयोजनाले छिट्टै व्यावसायिक उत्पादन गर्दै