सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
जलसरोकार
काठमाडौं : सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य रु १०० का दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न अनुमति पाएको हो, जसले कुल जारी सेयरको २० प्रतिशत प्रतिनिधित्व गर्छ । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहका लागि रहनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटललाई दिइएको छ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो टाडी खोला जलविद्युत् आयोजना सम्पन्न गरी हाल व्यापारिक उत्पादन गरिरहेको छ ।
यस आयोजनामा अपी पावरको उल्लेख्य स्वामित्व रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना