शेयरधनीलाइ बोनस शेयर वितरण गर्दै सुपरमाई हाइड्रोपावर
जलसरोकार
काठमाडौँ : सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
बैठकले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । साथै, बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरिएको छ ।
विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस शेयर, नगद लाभांश वितरण तथा हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
लगातार लाभांश घोषणा र हकप्रद शेयर निष्कासनको योजनासँगै सुपरमाई हाइड्रोपावरप्रति लगानीकर्ताको चासो थप बढ्ने देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता