सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम

जलसरोकार
मंगलबार, भदौ २३, २०८३ | ०९:४०:१२ बजे

 

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि सुपर मादीको शेयरमूल्य प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

कम्पनीको अघिल्लो कारोबार दिन सोमबार दोस्रो बजारमा शेयर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

समायोजित मूल्यलाई आधार मानेर बुधबार, भदौ २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १ गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल इम्पेरियलमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : मंगलबार, भदौ २३, २०८३ | ०९:४०:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया