सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो

जलसरोकार
शुक्रबार, माघ १६, २०८२ | ०९:४६:३४ बजे

 

काठमाडौं: सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशत बढी हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी घटे पनि खर्च नियन्त्रणका कारण नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशत घटेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च २६.१० प्रतिशत र वित्तीय खर्च १४.८३ प्रतिशतले घटेको छ । कुल नाफा भने ८.७१ प्रतिशतले वृद्धि भएको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा पुगेको छ । पुस मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा र मूल्य–आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ ।

२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १६, २०८२ | ०९:४६:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया