सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो
जलसरोकार
काठमाडौं: सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.२५ प्रतिशत बढी हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १२ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी घटे पनि खर्च नियन्त्रणका कारण नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.०२ प्रतिशत घटेर ६७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च २६.१० प्रतिशत र वित्तीय खर्च १४.८३ प्रतिशतले घटेको छ । कुल नाफा भने ८.७१ प्रतिशतले वृद्धि भएको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६८ पैसा पुगेको छ । पुस मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ७६ पैसा र मूल्य–आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ ।
२ अर्ब २० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता