सुपर खुदी हाइड्रोपावरको आईपीओ फागुन ४ गतेदेखि खुल्दै
जलसरोकार
काठमाडौँ : सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत, अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ । साथै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई समेत बाँडफाँट गरिएको छ ।
अब कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई, बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
आवेदन विवरण
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी (ऋब्च्भ्–ल्ए द्यद्य) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधि २७ वर्ष ५ महिना बाँकी छ ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको विवरणमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता