सुपर खु्दी हाइड्रोपावरको ४ लाख कित्ता साधारण सेयर निष्कासन
जलसरोकार
काठमाडौं : सुपर खु्दी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी २० करोड रुपैयाँ बराबरको संरचनाअनुसार सर्वसाधारणतर्फ ४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
कम्पनीको जारी पूँजी २० करोड रुपैयाँ रहेको छ, जुन प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्तामा विभाजन गरिएको छ । उक्तमध्ये ४ लाख कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको सूचनामा उल्लेख छ । यसअनुसार सर्वसाधारणतर्फ ४ करोड रुपैयाँ बराबरको सेयर जारी गरिएको हो।
कम्पनीले प्रवद्र्धन गरिरहेको जलविद्युत् आयोजना करिब ५२ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाएको छ। आयोजना निर्माण तथा वित्तीय व्यवस्थापनका लागि संस्थापक लगानीसहित सर्वसाधारणमा सेयर निष्कासन गरिएको कम्पनीले स्पष्ट पारेको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीले आवेदन, बाँडफाँट तथा नतिजासम्बन्धी विस्तृत जानकारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको आईपीओ रिजल्ट पोर्टलमार्फत प्राप्त गर्न सकिने जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरमा रहेको छ। कम्पनीले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्दै राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता