९० वर्षअघिको विद्युत् गृह सुन्दरीजलले कमाउँछ वार्षिक ५ करोड
पुष्प श्रेष्ठ
सुन्दरीजल: काठमाडौंबाट १७ किलोमिटर उत्तर–पूर्वी दिशामा रहेको सुन्दरीजल उपत्यकाको एक सुन्दर मनमोहक स्थानको रुपमा परिचित छ । यसै स्थानको शिर भएर बग्ने बागमतीको पानी संकलन गरी नौ दशकअघि राणाहरुले आफ्ना लागि भनेर नेपा कै दोश्रो जलविद्युत् निर्माण गरेका थिए । स्थापना कालदेखि अनवरत रुपमा उत्पादन दिदै आएको यस केन्द्रले हाल बार्षिक करिब ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र रहेको यस परियोजना तत्कालीन राणा प्रधानमन्त्री जुद्घ शमसेर राणाले १९९१ सालमा उत्पादन शुरु गरेका थिए ।
यसअघिका केन्द्र प्रमुख टंकनाथ पौडेलका अनुसार यसअघि ३२० किलोवाटका दुई टर्वाइन जडित थिए । जसबाट ४७ लाख ७० हजार युनिट विद्युत् उत्पादन हुँदै आएको थियो । शुरुमा ६५० किलोवाट क्षमता रहेको यस विद्युतगृहलाई २०७८ सालमा ९७० किलोवाटमा स्तरोन्नति गरिएको थियो ।
स्तरोन्नति सँगै ५७ लाख ८५ हजार ३ सय ३० युनिट उत्पादन हुदै आएकोे छ । यही थपिएको उत्पादन विक्री गरी सुन्दरीजल विद्युत् केन्द्रले वार्षिक करिब ५ करोड आम्दानी गरेको हो ।
बागमतीको मुहानबाट ल्याइएको पानीले मात्र नपुग्ने भएपछि नजिकै रहेको नागमतीको पानीलाई पनि नहर बनाएर बागमतीको किनारमा रहेको ड्याममा झारिएको छ ।
नौ दशक अगाडी जडित विद्युत् उपकरण बिग्रँदै गएको र उत्पादनमा समेत ह्रास आउन थालेपछि स्तरोन्नति गरिएको केन्द्रले जनाएको छ । विद्युत केन्द्रमा जडित पुराना उपकरणलाई वैज्ञानिक प्रयोेगशालासँगै सँग्रहालयमा राख्ने तयारी गरिएको छ ।
उक्त संग्राहलय जलविद्युत उत्पादन भइहेको सुन्दरीजल विद्युत् गृहस सँगै स्थापना गरिएको छ । भावी पुस्तालाई ९ दशकअघिका पूर्खाहरुले बालेको बिजुली इतिहासलाई कायम राख्न संग्राहलयको योजना बनाईएको हो ।
संग्राहलयको ५० प्रतिशत भन्दा बढी काम सकिएको छ । यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखेको सुन्दरीजल बिद्युत केन्द्रले सामान्य समस्याका कारण थप कार्य अघि बढाउन सकेको छैन । पुराना मेशीनहरुलाई फाल्ने भन्दा पनि थोरै (सुन्दरीजल विद्युत केन्द्रमा उपलब्ध) जनशक्क्तिहरुबाटै जडान गर्दै आएको केन्द्रलाई नेपाल विद्युत् प्राधिकरणले थोरै सहयोग गरिदिएमा उक्त संग्राहलय सम्पन हुने स्थानीय बताउँछन ।





* यसअघि वार्षिक ५ करोड हुनुपर्नेमा ५० करोड हुन गएकाले सच्याइएको छ –सम्पादक
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको अडानलाई आयोगको बल, पञ्चकन्या मुद्दामा नियमन फैसलाले भन्यो, बक्यौताधारी उम्किन सक्दैनन्
-
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
-
प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उज्यालो नेपालले संगठन विस्तार र आगामी चुनावी तयारी तीव्र बनाउने
-
डलर पीपीएमा चम्किएको खिम्ती, अहिले १ करोड ३२ लाख रुपैयाँ घाटामा
-
बुटवल पावरको नाफा पाँच वर्षमा आधाभन्दा बढी खुम्चियो, तर लगानी बढ्दै; नगद र तरलतामा दबाब
-
लक्ष्यभन्दा धेरै पछाडि राजस्व संकलन, फागुनसम्म ७ खर्ब ५२ अर्ब मात्रै उठ्यो