यसबाट वार्षिक ७५० गिगावाट घण्टा (७५ करोड युनिट) बिजुली उत्पादन गर्ने लक्ष्य छ । अनुमानित लागत ५० अर्ब रुपैयाँ रहेको यो आयोजनाको जलविज्ञानका सबै अध्ययन कार्य पूरा गरी त्यसलाई अद्यावधिक गर्ने काम भइरहेको विभागले जनाएको छ ।
त्यसैगरी अध्ययनका क्रममा भौगोलिक नक्शांकन (जियोलोजिकल म्यापिङ) कार्य पनि सकिएको विभागले जनाएको छ । त्यस्तै, विद्युत् प्रतिरोधक टोमोग्राफी (ईआरटी) का लागि सम्झौता भइसकेको छ । ईआरटी एक विद्युतीय परीक्षण विधि हो जहाँ दुई वर्तमान इलेक्ट्रोडहरू प्रयोग गरेर जमिनमा करेन्ट उत्प्रेरित गरिन्छ। यो स्थापित र बहुमुखी भूभौतिकीय प्रविधि हो जसले उपसतहमा विद्युतीय प्रतिरोधात्मकताको स्थानीय वितरण र कन्ट्रास्ट मापन गर्दछ।
त्यसैगरी यो आयोजनाको अध्ययनका क्रममा कम्तीमा ५ सय मिटर ड्रिलिङ (भूउत्खनन) गर्नुपर्नेछ ।
कालीगण्डकी मत्स्य ह्याचरीले उत्पादन गर्योआठ लाख माछाका भुरा
तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको मर्मत सम्भारका लागि प्राधिकरणको टेन्डर
आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात हुने, उपत्यकामा शनिबार हल्का वर्षाको सम्भावना
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम सुस्त गतिमा
निजी क्षेत्रको संलग्नता बढाउने गरी विद्युत विधेयक संशोधन गर्न आवश्यक