पाँच दिन निरन्तर बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं, : मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो ।
साथै व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत बढे । बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९.७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८.६ र अपरहेवाखोलाको ८.३ प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८.४, उपकार लघुवित्तको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने
-
जलविद्युत क्षेत्रमा नेपाल लगानीमैत्री बन्दै, १० प्रतिशत मात्र सम्भावना उपयोग : पूर्वसचिव भेटुवाल
-
बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको मन्त्री घिसिङबाट शिलान्यास
-
अपर त्रिशूली -१ जलविद्युत् आयोजना: नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीको ऊर्जा परियोजना
-
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
-
सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो