पाँच दिन निरन्तर बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं, : मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशत बढ्यो ।
साथै व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत बढे । बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९.७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८.६ र अपरहेवाखोलाको ८.३ प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८.४, उपकार लघुवित्तको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा निर्णायक चरणतर्फ : १२५ मिटरमा पानी, तीन पम्पबाट निकास; पावरहाउसतर्फ अघि बढ्ने तयारी
-
अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने
-
साताको पहिलो कारोबार दिन नेप्से २५ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ६८ करोड
-
भोटेकोशी बाढीमा जलविद्युत् आयोजनाका ९०९ कर्मचारी अझै सम्पर्कविहीन
-
तीजको दिन घट्यो सुनचाँदीको मूल्य, सुन प्रतितोला ३ लाख १ हजार
-
अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयरसहित लाभांश पारित गर्न साधारण सभा बोलायो