सम्हालियो सेयर बजार, सबै सूचक बढे
जलसरोकार
काठमाडौं : बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो ।
कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २÷२ प्रतिशत बढे ।
बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढे ।
माउन्टेन हाइड्रोको मूल्य ५.८५, स्वेतगंगा हाइड्रोपावरको ५.३५, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्तको ७.०९ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घट्यो ।
यस दिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी