सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सेयर बजार फेरि २६ सयमुनि, नेप्से १९.९२ अंकले घट्यो

जलसरोकार
आइतबार, पुस ०६, २०८२ | १५:२१:३३ बजे

 

काठमाडौं: सेयर बजार पुनः २६ सय बिन्दुमुनि झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.९२ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको हो ।

कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक ओरालो लाग्दै दिनभर रातो क्षेत्रमै सीमित रह्यो । बजारसँगै कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । सात कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घट्यो । त्यसैगरी जीवन बीमा समूह १.५२ प्रतिशत, विकास बैंक १.४२ प्रतिशत र फाइनान्स समूह १.३८ प्रतिशतले घटेका छन् ।

अन्य समूहहरूमा पनि गिरावट देखिएको छ । बैंकिङ समूह ०.४७ प्रतिशत, जलविद्युत् ०.८६ प्रतिशत, लगानी ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१० प्रतिशत, निर्जीवन बीमा ०.८० प्रतिशत, अन्य ०.४२ प्रतिशत र व्यापार समूह १.०१ प्रतिशतले घटेका छन् ।

आज एउटा कम्पनी एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यसैगरी तेह्रथुम पावरको ८.२० प्रतिशत, मानुषी लघुवित्तको ८.१४ प्रतिशत र लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशतले सेयर मूल्य वृद्धि भयो ।

उता सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंक ७.५५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ७.४५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ६.६४ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा परेका छन् ।

प्रकाशित मिति : आइतबार, पुस ०६, २०८२ | १५:२१:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया