सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज शेयरबजार बन्द

जलसरोकार
सोमबार, असोज ०५, २०८३ | ११:२८:२४ बजे

 

काठमाडौं : नेपाली शेयरबजार आज सोमबार बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।

नेप्सेको वेबसाइटमा रहेको बिदाको सूचीमा असोज ५ गते ‘आकस्मिक बजार बन्द’ उल्लेख गरिएको छ । नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब प्रालि’मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो ।

समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ । यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि नियमित कारोबार स्थगित गरिएको हो ।

डाटा सेन्टरमा आएको प्राविधिक समस्या समाधान नभएसम्म कारोबार सञ्चालन गर्दा प्रणालीमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही निवेदन तथा विद्यमान प्राविधिक अवस्थालाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको कारोबार स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

यससँगै असोज ५ गते सोमबारका लागि निर्धारण गरिएको शेयर कारोबार हुने छैन । नियमित कारोबार अर्को तोकिएको कारोबार दिनमा सञ्चालन हुनेछ।

प्रकाशित मिति : सोमबार, असोज ०५, २०८३ | ११:२८:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया