सभामुख देवराज घिमिरेद्वारा नेपालको जलविद्युत्सम्बन्धी फोटो प्रदर्शनी अवलोकन
जलसरोकार
काठमाडौं : सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाइ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।
एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरेले अवलोकनमा आइपुगेका हुन् । सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताए ।
’विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजनाहरू कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्दछ,’ उनले भने ।
घिमिरले सृजनात्मक कार्यक्रमहरूमार्फत बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसांपेक्ष र नवीन रहेको उल्लेख गरे । सभामुख घिमिरेले देशको ऊर्जा क्षेत्रको विकासमा एडीबीले गरेको सहयोगका लागि धन्यवाद समेत दिए ।
इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाईंले पनि प्रदशनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा राखिएका तस्विरले नेपालमा जलविद्युत्को उत्पादन ,वितरण र उपयोगको सम्योजनलाई स्पष्ट पारको बताए ।
फोटो प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एडीबीबीचको ५० वर्षको साझेदारीलाई उजागर गर्ने समेत उनले बताए । यो प्रदर्शनी आउँदो सोमबार (९ डिसेम्बर २०२४) सम्म चल्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरण अघि बढ्यो, अन्तरराष्ट्रिय बोलपत्र आह्वान
-
नेविप्रा ऊर्जाशील कर्मचारी संघ, कोशी प्रदेशअन्तर्गत इनरुवा वितरण केन्द्र इकाई अधिवेशन सम्पन्न
-
महोत्तरीमा शीतलहर र बाक्लो कुहिरोले जनजीवन प्रभावित
-
सुपर त्रिशूली (१०० मेगावाट) जलविद्युत् आयोजना तीव्र गतिमा अगाडि, कंक्रिटिङ १ लाख ३१ हजार घनमिटर नाघ्यो
-
सुन–चाँदीको भाउ पुनः बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने, भूउपयोग नियमावली संशोधन