सभामुख देवराज घिमिरेद्वारा नेपालको जलविद्युत्सम्बन्धी फोटो प्रदर्शनी अवलोकन
जलसरोकार
काठमाडौं : सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाइ तथा सर्वसाधरणले नेपाल कला परिषद्मा जारी तस्बिर प्रदर्शनी अवलोकन गरेका छन् ।
एसियाली विकास बैंक (एडीबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरेले अवलोकनमा आइपुगेका हुन् । सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताए ।
’विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजनाहरू कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्दछ,’ उनले भने ।
घिमिरले सृजनात्मक कार्यक्रमहरूमार्फत बिजुलीको विकास प्रदर्शन गर्न एडीबीको पाँच दशकको साझेदारी समयसांपेक्ष र नवीन रहेको उल्लेख गरे । सभामुख घिमिरेले देशको ऊर्जा क्षेत्रको विकासमा एडीबीले गरेको सहयोगका लागि धन्यवाद समेत दिए ।
इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाईंले पनि प्रदशनीको अवलोकन गरेका छन् । प्रदर्शनीमा राखिएका तस्विरले नेपालमा जलविद्युत्को उत्पादन ,वितरण र उपयोगको सम्योजनलाई स्पष्ट पारको बताए ।
फोटो प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एडीबीबीचको ५० वर्षको साझेदारीलाई उजागर गर्ने समेत उनले बताए । यो प्रदर्शनी आउँदो सोमबार (९ डिसेम्बर २०२४) सम्म चल्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो