सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्नो रिभर्सले घोषणा गर्‍यो १० प्रतिशत बोनस शेयर र नगद लाभांश

जलसरोकार
मंगलबार, भदौ ३०, २०८३ | १०:४५:२४ बजे

 

काठमाडौं : स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरणका लागि विद्युत् नियमन आयोगले भदौ २६ गते पूर्वस्वीकृति दिइसकेको जनाएको छ ।

अब आगामी वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश पारित भएपछि शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरणसम्बन्धी थप प्रक्रिया नियमानुसार अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भदौ ३०, २०८३ | १०:४५:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया