किमाथान्का अरुण (४५४ मेगावाट) र मुगु कर्णाली (१९०२ मेगावाट) खरिदका लागि ६ कम्पनीको आवेदन
जलसरोकार
काठमाडौं,: किमाथान्का अरुण (४५४ मेगावाट) र मुगु कर्णाली (१९०२ मेगावाट) खरिद गर्न ६ ऊर्जा उत्पादक कम्पनीको आवेदन परेको छ । विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले किमाथान्का अरुण (४५४ मेगावाट) र मुगु कर्णाली (१९०२ मेगावाट) बेचबिखनमा राखेको थियो ।
५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रो खरिद गर्न उक्त ६ कम्पनीले आवदेन दिएका हुन् ।
ई. सरोज दाहालका अनुसार मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एक कम्पनीको मात्र निवेदन परेको छ भने किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशयका लागि पाँच उत्पादन कम्पनीहरुको आवदेन परेको छ ।
कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको थियो ।
आशयपत्र माग गरेको एक महिनापछि पुस २३ गते १२ बजेसम्म उक्त कम्पनीहरुको आवेदन परेको छ उनले भने, । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको थियो । सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ८ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरिएकोमा पछि १५ दिन समय थप गरिएको थियो ।
कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट आयोजनाहरु विकास गर्न लागेको ई.दाहालले बताए ।
उनका अनुसार किमाथांका अरुण जलविद्युत् आयोजनाका लागि बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोवल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि , अनक हाइड्रोपावर कम्पनी लिमिटेडलेले आवेदन दिएका छन्, । त्यस्तै मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी सिजी इनर्गो प्रालिको मात्र आवेदन परेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी