२८ बर्षदेखि लट्किएको पन्चेश्वर आयोजनाले निकास पाउने संकेत
संयुक्त विशेषज्ञ टोलीको म्याद थपले पञ्चेश्रर डीपीआरमा सहमति हुने आशा


काठमाडौं : भारत भ्रमणमा रहेका ऊर्जा मन्त्री दीपक खड्का र भारतको जलशक्ति मन्त्री सीआर पाटिलबीच भएको छलफलमा अब हुने विशेषज्ञ टोलीको छैटौं बैठकमा यसपालि ‘असफल’ नहुने गरी अघि बढ्ने तयारी भइरहेको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले जानकारी दिएका छन् ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर टुंगो लगाउन गठित विशेषज्ञ टोली (टीम अफ एक्स्पर्ट) को म्याद जलस्रोत तथा सिंचाई मन्त्रालयबाट आगामी सन् २०२५ को अगष्टसम्म थप गरिएको छ ।
विशेषज्ञ टोलीको पाँचौं बैठक सन् २०२३ को अक्टोबर ५-६ मा काठमाडौंमा भएको थियो ।
सन् २०२३ को जूनमा नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पञ्चेश्वरको डीपीआर चाँडै टुंग्याउने सहमति भएको थियो । तर सन् २०२३ को जूलाईमा बसेको चौथौं विशेषज्ञ टोलीको बैठकले डीपीआर पुनरावलोकन गर्न भारतीय परामर्शदातृ निकाय वाप्कोसलाई निर्देशन दिए पनि सन् २०२३ को अगष्टमा पञ्चेश्वर विकास प्राधिकरणमा उक्त परिमार्जित डीपीआर पेश भएको र अक्टोबर २०२३ मा पाँचौं विशेषज्ञ टोलीको बैठकमा पनि डीपीआर टुंगिन सकेको थिएन ।
हाल नेपाल पक्षको विशेषज्ञ टोलीको म्याद २०२५ को अगष्टसम्मका लागि थप भइसकेको छ । थपिएको म्यादभित्र डीपीआर टुंगो लगाउने दुबै देशका सरकारको अपेक्षा छ ।
फरक विचारलाई कसरी उपयुक्त ढंगले सम्बोधन गरेर जाने भन्ने बारेमा छलफल केन्द्रित भएको अधिकारीले जानकारी दिए ।

सन् २०२३ को जून २ मा तत्कालीन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा जारी भएको संयुक्त विज्ञप्तिको एक अंश
उनका अनुसार नेपालका ऊर्जा मन्त्री दीपक खड्काले मूलतः यसै विषयमा भारतका जलशक्ति मन्त्री सीआर पाटिलसँग गत नोभेम्बर ५ मा पहिलोपटक र आज फेब्रुअरी १३ मा गरी दुईपटक भेटवार्ता गरेका छन् । यो पारस्परिकता र हार्दिकताले पञ्चेश्वर आयोजनाले न्याय पाउने अवस्था बढिरहेको छ ।
पञ्चेश्वर आयोजना सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली सन्धि अन्तर्गतको आयोजना हो । २८ वर्ष बित्दा पनि सन्धिबाट नेपालले फाइदा लिन नसकनुले सन्धिको औचित्य र नेताहरुको नियतमा लगातार प्रश्न उठिरहेको छ ।

आज नेपालका ऊर्जा मन्त्री खड्का, ऊर्जा सचिव सुरेश आचार्य र वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीसहितको टोली र भारतीय जलशक्ति मन्त्री सीआर पाटिल एवं भारतीय उच्च अधिकारीहरुबीच श्रमशक्ति भवन, नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पाटिल भारतीय जनता पार्टीका प्रभावशाली नेता समेत मानिन्छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच