चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
जलसरोकार
काठमाडौं: चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा टोली मुख्य अवरोधस्थल नजिक पुग्न लागेको छ। चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराज महर्जनले पछिल्लो अपडेट दिँदै उद्धार तथा भग्नावशेष हटाउने काम जारी रहेको र टोली मुख्य अवरोधस्थलमा पुग्न लागेको बताएका छन्।
यसअघि सुरुङभित्र ठूला ढुंगा, लेदो तथा फलामे डन्डी मिसिएको कडा भग्नावशेष भेटिएको थियो। सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले फलामे डन्डीहरू आफूहरूले अपेक्षा गरेको ‘ब्लास्ट ब्लकेज’ को हिस्सा भएको र त्यसलाई हटाउनु उद्धार योजनाकै भाग रहेको बताएका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी