सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली

जलसरोकार
आइतबार, भदौ २८, २०८३ | १६:००:१० बजे
तस्वीर : नेपाल विद्युत् प्राधिकरण

काठमाडौं:  चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा टोली मुख्य अवरोधस्थल नजिक पुग्न लागेको छ। चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराज महर्जनले पछिल्लो अपडेट दिँदै उद्धार तथा भग्नावशेष हटाउने काम जारी रहेको र टोली मुख्य अवरोधस्थलमा पुग्न लागेको बताएका छन्।

यसअघि सुरुङभित्र ठूला ढुंगा, लेदो तथा फलामे डन्डी मिसिएको कडा भग्नावशेष भेटिएको थियो। सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले फलामे डन्डीहरू आफूहरूले अपेक्षा गरेको ‘ब्लास्ट ब्लकेज’ को हिस्सा भएको र त्यसलाई हटाउनु उद्धार योजनाकै भाग रहेको बताएका थिए।

प्रकाशित मिति : आइतबार, भदौ २८, २०८३ | १६:००:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया