सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १२ हजार ६ सय रुपैयाँ सस्तियो

जलसरोकार
शुक्रबार, कात्तिक २८, २०८३ | ११:२६:०० बजे

 

काठमाडौं : तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा एकैपटक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा झरेको छ।

महासंघका अनुसार यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनअनुसार तिहारपछि पहिलोपटक मूल्य समायोजन गर्दा नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँ घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

तिहारपछि बजार खुलेसँगै सुन र चाँदी दुवैको मूल्य घट्दा बहुमूल्य धातु खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।

प्रकाशित मिति : शुक्रबार, कात्तिक २८, २०८३ | ११:२६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया