भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा १ करोड १ लाख सहयोग
जलसरोकार
काठमाडौं : भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण कोषमा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रदान गरिएको उक्त रकम बराबरको चेक आज सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको समेतको उपस्थिति रहेको थियो ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उल्लेखनीय योगदान पु¥याएकोप्रति नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
अर्थ मन्त्रालयका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको यस योगदानसहित आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।
आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनरुत्थानमा निजी क्षेत्रको यस्तो सहयोगले राहत तथा पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता