शिखर पावरको आईपीओमा १६ गुणा बढी आवेदन
जलसरोकार
काठमाडौँ : शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । कम्पनीले माग गरेको भन्दा झण्डै १६ गुणा बढी आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्कासन गरेको थियो। उक्त शेयरका लागि मंगलबार अन्तिम दिनसम्म २७ लाख ६६ हजार ५१० जना आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ। यो संख्या कम्पनीले निष्कासन गरेको शेयरभन्दा १६.६८ गुणा बढी हो ।
उक्त आवेदनमार्फत कम्पनीले कुल ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन संकलन गरेको छ। यसले जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै उच्च रहेको संकेत गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। अब कम्पनीको आईपीओ बाँडफाँट प्रक्रिया नियामक मापदण्डअनुसार आगामी दिनमा अघि बढाइने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता