शिखर पावरको आईपीओ बाँडफाँट, १ लाख ८४ हजारले पाए १० कित्ता
जलसरोकार
काठमाडौँ : शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल को कार्यालयमा आज बिहान बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो।
उक्त आईपीओमा २६ लाख ८७ हजार ३४७ जना लगानीकर्ताले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएका छन् भने ३६ हजार ५०० आवेदन रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा (लटरी) प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको हो। जसअनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
उच्च आवेदनका कारण अधिकांश आवेदक हात खाली फर्किएका छन्, जसले पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण उच्च रहेको संकेत गर्दछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता