शिखर पावरको आईपीओ बाँडफाँट, १ लाख ६८ हजारभन्दा बढी लगानीकर्ता बने शेयरधनी
जलसरोकार
काठमाडौँ : शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओको बाँडफाँट गरेकाे छ । कम्पनीले जारी पूँजी १ अर्ब ८५ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो।
कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ३ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी २८ लाख ८० हजार कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ८८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। यी सबै समूहलाई बाँडफाँट गरिसकेपछि बाँकी रहेको २६ लाख ४८ हजार ६०० कित्ता (कर्मचारीका लागि छुट्याइएको ४४ हजार ८०० कित्ता बाहेक) सर्वसाधारणका लागि खुला गरिएको थियो।
उक्त आईपीओमा परेको आवेदनका आधारमा १ लाख ६८ हजार २६० जना आवेदकलाई कुल १६ लाख ८४ हजार ६०० कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ। बाँडफाँट ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७७ बमोजिम चैत ३ गते सम्पन्न गरिएको हो।
आईपीओ निष्काशन प्रक्रिया माघ १७ गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन गरिएको थियो, जसमा सर्वसाधारणबाट उल्लेख्य आवेदन परेको थियो।
कम्पनीले यस निष्काशन प्रक्रियामा सहयोग गर्ने लगानीकर्ता, नियामक निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड लगायत सबैप्रति आभार व्यक्त गरेको छ।
बाँडफाँटमा परेको शेयरको नतिजा ग्लोबल आईएमई क्यापिटल लिमिटेड को वेबसाइट तथा सीडीएससीद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
शिखर पावरको आईपीओमा उच्च आवेदन र सीमित वितरणले नेपालमा जलविद्युत कम्पनीप्रति लगानीकर्ताको आकर्षण अझै उच्च रहेको देखाउँछ। तर कम संख्यामा शेयर वितरण हुनु र अधिकांश आवेदकले न्यूनतम मात्र पाउनुले प्राथमिक बजारमा आपूर्ति भन्दा माग धेरै रहेको संरचनात्मक समस्या उजागर गरेको छ।
यसले आगामी दिनमा यस्ता कम्पनीहरूको दोस्रो बजार प्रदर्शनमा प्रभाव पार्ने सम्भावना रहन्छ। साथै लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय अवस्था, परियोजनाको प्रगति र उत्पादन क्षमतालाई ध्यानमा राखेर मात्र दीर्घकालीन लगानी निर्णय लिनुपर्ने देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता