शिखर पावर डेभलपमेन्टको आईपीओ फागुन १७ देखि खोल्दै
जलसरोकार
काठमाडौँ : शिखर पावर डेभलपमेन्ट लिमिटेड ले फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली तथा १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ ।
अब कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता सुरक्षित गरी बाँकी १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बन्द हुने जनाइएको छ।
आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९.०८ वर्ष बाँकी रहेको छ । साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १३.६४ वर्ष रहेको छ। उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता