साताको शेयर : वित्तीय र बीमा क्षेत्र ओरालो लाग्दा जलविद्युत्काे अग्रता


काठमाण्डौ: यस साता जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य चासो देखिएको छ । यस साता कूल शेयर कारोबारमा जलविद्युत् उपसमूहको हिस्सा करिब ३० प्रतिशत रहेको तथ्यले यसलाई पुष्टि गर्छ । बिहीबार सार्वजनिक बिदा परेकाले यस साता चार दिन मात्र शेयर बजार खुलेको छ ।
उक्त अवधिमा करिब ३४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमध्ये १० अर्ब १५ करोड ८७ लाख रुपैयाँ जलविद्युत् कम्पनीको रहेको छ, जुन कुल कारोबारको ३०.११ प्रतिशत हो ।
सो अवधिमा करिब ३४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसमध्ये जलविद्युत् कम्पनीमा १० अर्ब १५ करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
यो कुल कारोबारको ३०.११ प्रतिशत हो । यसलाई जोड्दा साप्ताहिक कुल कारोबारमा बैंक, वित्तीय संस्था र बीमाको हिस्सा करिब ३८.५ प्रतिशत को हाराहारीमा आउँछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भने यी क्षेत्रका कम्पनीको शेयर बैंकिङ, विकास बैंक, वित्त कम्पनी, माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीवन बीमा गरी छुट्टाछुट्टै उपसमूहमा सूचीकृत छन् ।
साताको कुल कारोबारमा यी सबै उपसमूहको कारोबार रकम जोड्दा ३८.३५ प्रतिशत रहेको छ । यो जलविद्युत्को शेयरभन्दा करिब ८.५ प्रतिशत बढी हो । यसले पछिल्ला वर्षहरूमा शेयर बजारमा वित्तीय र बीमा क्षेत्रको प्रभुत्वमा आएको ह्रासलाई सङ्केत गर्छ भने जलविद्युत् क्षेत्रको वृद्धि भइरहेको विज्ञहरू बताउँछन् ।
यो साता नेप्से तीन दिन (आइतबार, सोमबार र मंगलबार) ओरालो लागेको थियो भने एक दिन (बुधबार) बढेको थियो । तीन दिनमा ९९.२२ अंकले ओरालो लागेको नेप्से बुधबार १७.२८ अंकले बढेको छ । गत बिहीबार दुई हजार ८१८ दशमलव ४३ बिन्दुमा बन्द भएको नेप्से बुधबार दुई हजार ७३६ दशमलव ४८ बिन्दुमा झरेको छ । यस अवधिमा नेप्से परिसूचक, कारोबार रकम, शेयर किनबेच को संख्या लगायत सबै सूचकमा गिरावट आएको छ । साप्ताहिक कारोबारमा अधिकांश उपसमूहका सूचक ऋणात्मक छन् । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको छ । यस साताको कुल शेयर कारोबारमा लगानी उपसमूहको हिस्सा १०.२४ प्रतिशत र अन्य समूहको हिस्सा १६.६६ प्रतिशत रहेको छ । उत्पादन तथा प्रशोधन समूहको हिस्सा ३.५४ प्रतिशत छ भने होटल तथा पर्यटन क्षेत्रको ०.९० प्रतिशत मात्र छ ।
हाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीमा बैंक, वित्तीय संस्था र बीमा कम्पनी १३०, जलविद्युत् कम्पनी ९१, उत्पादन तथा प्रशोधनमा २२, होटल सात, लगानी कम्पनी सात, व्यावसायिक संस्था चार र अन्य क्षेत्रका सात कम्पनी रहेका छन् । सन् २०२४ को फेब्रुअरीसम्ममा सूचीकृत कम्पनीको संख्या २७१ थियो ।
शेयर बजारको आकार (कुल बजार पूँजीकरण) का आधारमा वित्तीय संस्थाको हिस्सा ५३.३ प्रतिशत र जलविद्युत्को हिस्सा १६.७ प्रतिशत रहेको छ । कुल बजार पूँजीकरणको गणना सूचीकृत शेयरको संख्यालाई सोही दिनको शेयर मूल्यले गुणा गरेर गरिन्छ । वित्तीय संस्था र बीमाको शेयरमा निरन्तर गिरावट आउनुका साथै जलविद्युत्को शेयरमा भएको वृद्धिले पनि बजारमा जलविद्युत्को बढ्दो प्रभुत्वलाई पुष्टि गर्छ ।
सन् २०२३ को फेब्रुअरीसम्ममा कुल बजार पूँजीकरणमा वित्तीय र बीमा क्षेत्रको हिस्सा ६५.८ प्रतिशत थियो भने जलविद्युत्को हिस्सा १२.९ प्रतिशत मात्र थियो । सन् २०२४ को जनवरीसम्ममा वित्तीय र बीमा क्षेत्रको हिस्सा घटेर ५७.३ प्रतिशतमा झरेको छ भने जलविद्युतको हिस्सा १५.९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार हाल कुल बजार पूँजीकरणमा लगानी क्षेत्रको हिस्सा ७.६ प्रतिशत, वाणिज्य संस्थाको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.३ प्रतिशत, होटलको २.७ प्रतिशत र अन्य क्षेत्रको हिस्सा ९ प्रतिशत रहेको छ ।
सन् २०२५ को जनवरी–फेब्रुअरीसम्ममा यस एक्सचेन्जमा सूचीकृत ८ अर्ब ६७ करोड कित्ता शेयरको चुक्ता मूल्य ८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । नेप्सेले चालु आर्थिक वर्षको पहिलो सात महिनामा बोनस शेयरमा ७४ करोड २० लाख, हकप्रद शेयरमा ३९ करोड १० लाख, सामूहिक लगानी कोषमा १२ करोड ५० लाख, साधारण शेयरमा ७५ लाख, एफपिओमा ४ करोड ४५ लाख गरी कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको जनाएको छ । र अन्यमा ३९ करोड ६० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषमा रु १० अर्ब २० करोड, हकप्रद शेयरमा रु नौ अर्ब ३० करोड, डिबेञ्चरमा रु एक अर्ब ३२ करोड र साधारण शेयरमा रु ८५ करोड गरी कूल रु २१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि स्वीकृति प्रदान गरेको नेप्सेले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै
-
चार दिनमै सुन ४ हजारले बढ्यो, चाँदी पनि महँगियो
-
माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट, ५.६८ प्रतिशतले मात्र सेयर पाए
-
गुर्गी सिँचाइ आयोजना ५६ वर्षदेखि अलपत्र
-
चिलिमे जलविद्युत केन्द्र : निजी-सार्वजनिक साझेदारीमा नेपालको ऊर्जा यात्राको ऐतिहासिक मोड
-
आज आकाशको अधिकांश भाग बादलले ढाकिएको हुने, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना