भोजपुरको इर्खुवा खोलामा भीषण बाढी, जलविद्युतका एक मजदुरको मृत्यु, अर्का बेपत्ता


काठमाडौं : आज राति भोजपुर जिल्लाको उत्तरी क्षेत्रको खाम्दाक, लाहुरे खोला थुनिन गई फेदी खोला र इर्खुवा खोलामा आएको भीषण बाढीले माथिल्लो इर्खुवा खोला (१४.५) जलविद्युत्मा कार्यरत एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
आरती पावर कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुलालका अनुसार उक्त बाढीले तीनजना मजदुरलाई बगाएकोमा एकजनाको उद्धार गरिएको, एकजना अरुण नदीस्थित सतीघाटमा शव फेला परेको र अर्का एकजना हराइरहेका छन् ।
आयोजनाको मुहान क्षेत्रदेखि करिब २० किलोमिटर तल अरुण नदीमा उक्त शव आज भेटिएको दुलालले बताए ।
दुलालका अनुसार बाढीले निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको हेडवक्र्स क्षति पु¥याएको र चार–पाँच सय मिटर पाइप बगाएको छ । बाढीले क्रसर र लेबर क्याम्प बगाएको छ भने विद्युत् गृहमा लेदो पसेको छ ।
बाढीले बगाएको व्यक्ति खोज्नमै सबैको ध्यान लागेको र पूर्ण क्षतिको यकीन विवरण अझै आइनसकेको दुलालले बताए । आयोजना निर्माण सम्पन्न हुने अवधिलाई बाढीले बढाइदिएको छ । दुलालका अनुसार यसबाट करिब एक वर्ष पर धकेलिने सम्भावना रहेको छ ।

यसैगरी दुलाल नै कार्यकारी निर्र्देशक रहेको फेदी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको फेदी खोला (४.३ मेगावाट) लाई पनि बाढीले क्षति पु¥याएको छ । उक्त आयोजनाको लेबर क्याम्प सबै बगाएको, खनिएको विद्युत् गृहमा लेदोले पुरिदिएको, दुई किलोमिटर पाइप एलाइनमेन्ट सबै भत्काएको, हेडवक्र्समा पूर्ण क्षति भएको, डिजेल प्लान्ट र क्रसर बगाएको, एक्सक्याभेटर पुरिनका साथै यसका दुईवटा ब्रेकर बगाएको, स्टोरमा राखिएका सामान सबै बगाएको दुलालले बताए ।
फेदी खोला जलविद्युत्मा कार्यरत मजदुरहरु भागेर ज्यान जोगाउन सफल भए । मानवीय क्षति भने हुन पाएन ।
फेदी खोलाको हेडवक्र्समा मिसिने लाहुरे खोलाको माथिल्लो भागमा पहिरो आई उक्त खोला थुनिन पुगेको थियो । थुनिएको खोला एकैचोटि फुट्दा बाढीको उग्र रुपल लिएर आएको दुलालले बताए ।
यसैगरी आगामी भदौ–असोजमा बत्ती बाल्न ठिक्क रहेको इर्खुवा खोला (१४ मेगावाट) को जलविद्युत् आयोजनालाई पनि बाढीले क्षति पु¥याएको छ । यो आयोजनाको विद्युत् गृहभित्र बाढी पसेको लोअर इर्खुवाखोला हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए ।

उनका अनुसार विद्युत् गृहमा जडान भइरहेका मेसिनहरु बाढीले पुरिदिएको छ । मेसिनहरु हिजै जडान भइरहेका थिए । ‘बाढीले भौतिक संरचनागत क्षति त्यति धेरै गरेको छैनजस्तो देखिन्छ,’ पाण्डेले बुधबार जलसरोकारसँग भने, ‘तर यसबाट बत्ती बाल्ने समय कम्तीमा चार महिना पछि धेकिलिदियो ।’
बाढीले ठेकेदारको क्याम्प, गिटी बालुवा छड आदि सबै बगाएको छ ।
स्थानीयवासीका अनुसार उद्धारमा स्थानीय वासी, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालिकाको सहयोगमा थप उद्धार तथा खोजी कार्य जारी छ । बाढीले लंखुवा, नागदह आसपासका वस्तीमा पनि ठूलो क्षति पुगेको छ ।
नागदहमा सीता राई र चित्रबहादुर दर्जीको दुई घर पूर्ण रुपले बगाएको छ । सीता राईलाई पुरिएको अवस्थाबाट गाउँवासील्े उद्धार गरेको भोजपुरका स्थानीय वासिन्दा रोसन बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
बाढीले झोलुंगे पुलहरु, सडक पुल र लघुजलविद्युतमा पनि क्षति पुर्याएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
कुलेखानीको स्वीचयार्डमा बाँदर मर्यो, हितेन्द्रदेव शाक्यलाई अशुभको संकेत
-
धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार
-
सेयर बजार ९.१९ अङ्कले बढ्यो
-
जोहेनेस जुट्ट दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
-
लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न
-
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै