ऊर्जाका १९ आयोजना सहित ३१ परियोजना लगानी सम्मेलनका लागि छनोट
जलसरोकार
काठमाडौं– लगानी सम्मेलनका लागि १९ जलविद्युत् आयोजना सहित ३१ वटा परियोजना छनोट गरिएको छ । बोर्डले १९ ऊर्जाका आयोजना सहित विभिन्न ३१ वटा परियोजना छनोट गरिएको जानकारी दिएको छ।
बोर्डले माथिल्लो मर्स्याङ्दी–१, अप्सुवा खोला–१, सेती नदी, माकली सेती, पेल्मा खोला, डाना खोला, लान्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नार खोला, माथिल्लो बुढीगण्डकी, माथिल्लो चुवा लुरुप्या खोला, माथिल्लो अप्सुवा, माथिल्लो भेरी, सुर्के दुधकोशी, टिप्ल्याङ काली गण्डकी, मध्य काली गण्डकी, माथिल्लो सानी भेरी र मुगु कर्णाली जलविद्युत आयोजना रहेका छन्।
यसबाहेक झापाको सुरुङ्गामा ह्पाप्पी फन पार्क, तौलिहवामा प्राकृतिक कृषि फार्म, अन्नपूर्ण केबल कार, जाल्पादेवी केबल कार, बैतडीमा आइएमई सिमेन्ट, काठमाडौं टैक्निकल स्कुल, कम्पोस्ट फर्टिलाइजर र रिभल्भिङ पार्किङ परियोजना छानिएका बोर्डले जानकारी दिएको छ।
यस्तै सगरमाथा जाने बाटोमा तीन चरणमा १० वटा लक्जरी होटल र भरतपुरमा आइसल्यान्ड रिसोर्ट निर्माण गर्ने प्रस्ताव पनि सम्मेलनमा विदेशी लगानीकर्तासामु गरिंदैछ।
गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स पनि निजी क्षेत्रको परियोजनाका रुपमा छनोट भएको छ।



लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स