ऊर्जाका १९ आयोजना सहित ३१ परियोजना लगानी सम्मेलनका लागि छनोट
जलसरोकार
काठमाडौं– लगानी सम्मेलनका लागि १९ जलविद्युत् आयोजना सहित ३१ वटा परियोजना छनोट गरिएको छ । बोर्डले १९ ऊर्जाका आयोजना सहित विभिन्न ३१ वटा परियोजना छनोट गरिएको जानकारी दिएको छ।
बोर्डले माथिल्लो मर्स्याङ्दी–१, अप्सुवा खोला–१, सेती नदी, माकली सेती, पेल्मा खोला, डाना खोला, लान्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नार खोला, माथिल्लो बुढीगण्डकी, माथिल्लो चुवा लुरुप्या खोला, माथिल्लो अप्सुवा, माथिल्लो भेरी, सुर्के दुधकोशी, टिप्ल्याङ काली गण्डकी, मध्य काली गण्डकी, माथिल्लो सानी भेरी र मुगु कर्णाली जलविद्युत आयोजना रहेका छन्।
यसबाहेक झापाको सुरुङ्गामा ह्पाप्पी फन पार्क, तौलिहवामा प्राकृतिक कृषि फार्म, अन्नपूर्ण केबल कार, जाल्पादेवी केबल कार, बैतडीमा आइएमई सिमेन्ट, काठमाडौं टैक्निकल स्कुल, कम्पोस्ट फर्टिलाइजर र रिभल्भिङ पार्किङ परियोजना छानिएका बोर्डले जानकारी दिएको छ।
यस्तै सगरमाथा जाने बाटोमा तीन चरणमा १० वटा लक्जरी होटल र भरतपुरमा आइसल्यान्ड रिसोर्ट निर्माण गर्ने प्रस्ताव पनि सम्मेलनमा विदेशी लगानीकर्तासामु गरिंदैछ।
गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स पनि निजी क्षेत्रको परियोजनाका रुपमा छनोट भएको छ।



लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली