नेप्सेमा लगातार दोस्रो ‘सर्किट, पाँच प्रतिशत उकालोसँगै कारोबार पुनः स्थगित
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा आज कारोबार सुरु भएलगत्तै तीव्र उछाल देखिएको छ। बजार खुलेको छोटो समयमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोस्रो सकारात्मक ‘सर्किट’ लागेपछि कारोबार पुनः स्थगित गरिएको हो ।
बजार खुलेलगत्तै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि प्रचलित नियमअनुसार २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि बिहान ११ बजेर २१ मिनेटमा कारोबार पुनः सुरु भएलगत्तै बजारमा पुनः तीव्र उछाल देखिँदा दोस्रो पटक सर्किट लागेको हो।
नेप्से परिसूचक करिब १३५ अंक अर्थात् पाँच प्रतिशतले वृद्धि भई दुई हजार ८४८ बिन्दुमा पुगेको छ। दोस्रो सर्किट लागू भएसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ।
हाल लागू रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा परिसूचक चार प्रतिशतले बढे वा घटेमा २० मिनेटका लागि कारोबार रोक्ने व्यवस्था छ। त्यसपछि दोस्रो चरणमा पाँच प्रतिशतले परिवर्तन भएमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ।
त्यसैगरी तेस्रो चरणमा परिसूचक छ प्रतिशतले बढे वा घटेमा भने बाँकी दिनको सम्पूर्ण कारोबार बन्द गर्ने प्रावधान रहेको छ।
आजको कारोबारमा देखिएको तीव्र वृद्धि लगानीकर्ताको उच्च उत्साह र बजारमा बढ्दो मागको संकेतका रूपमा विश्लेषण गरिएको छ। यद्यपि अत्यधिक उतारचढावका बेला बजारलाई स्थिर राख्न ‘सर्किट ब्रेक’ प्रणाली लागू गरिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता