शोभाकान्त पौडेल सचिवमा बढुवा
जलसरोकार
काठमाडौं : सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरिएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगको बढुवा समितिको पौडेललाई सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सहसचिव पौडेल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत हुनु ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त भएको थियो । उक्त पदका लागी मन्त्रिपरिषद् बैठकले सहसचिव पौडेललाई बढुवा गरेको स्रोतले बतायो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि पनि उनको नाम सिफारिस भएकोमा बढुवामा पछि परेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना