सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोसी–१ आयोजनाको सहयोगमा प्रभावित क्षेत्रमा सरसफाइ
जलसरोकार
सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोसी–१ आयोजनाको सहयोगमा प्रभावित क्षेत्रमा सरसफाइ अभियान
काठमाडौं– जलविद्युत आयोजनाबाट प्रभावित चीनसँगको सीमा क्षेत्रका बस्ती तथा बजारहरुमा सरसफाई अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोसी गाउँपालिका–४ र ५ मा अभियान सुरु गरिएको हो ।
इलेक्ट्रो पावर कम्पनीको सहयोगमा स्थानीय क्लव तथा अगुवाहरुले अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत पहिलो तीन दिनमा हिन्दी बजार सफाइ गरिएको छ । आगामी ३० गतेसम्म चाकु र खुकेण्डोल बजार सफाइ गरिनेछ ।
सीमा जोडिएका सडकका बस्तीहरुलाई सफा राख्न अभियान सुरु गरेको स्थानीय हिन्दी युवा क्लवका अध्यक्ष विकास पौडेलले जानकारी दिए । जुन बस्तीमा जुन जुन संस्थाहरु क्रियाशील छन् तिनिहरुकै सहयोगमा अभियान अघि बढाउने जानकारी इलेक्ट्रो पावर कम्पनीले दिएको छ ।
अभियानमा जनप्रतिनिधि, आयोजनाका कर्मचारी, प्रहरी, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । इलेक्ट्रो पावर कम्पनलीले भोटेकोसी गाउँपालिकामा ४० मेगावाटको भोटेकोसी आयोजना– १ निर्माण गरिरहेको छ ।
आयोजना प्रमुख इन्जिनियर उमेश पराजुलीका अनुसार नियमित रुपमा संकलन भएको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले तय गरेको डम्पिङ साइट प्रयोग गरिनेछ । त्यसका लागि आयोजनाले एक वटा सवारी साधन साप्ताहिक रुपमा उपलब्ध गराउने छ ।
सीमा क्षेत्रको भोटेकोसी नदीमा दुई वटा आयोजना निर्माण भइरहेको छ । माथल्लिो भोटेकोसी आयोजनाले भने अढाई दशकदेखि ४५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अप्पर सोलुको नाफा ८४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा
-
देशभर बदली र वर्षा, कोशी-बागमती-गण्डकीसहित लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
-
रु. ४५८ को सेयर रु. १०० मा किन्न पाइने प्रस्ताव, सगरमाथा जलविद्युत्को १:१ हकप्रदमा लगानीकर्ताको आकर्षण
-
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
-
घाटा अहिलेको वास्तविकता, आयोजना भविष्यको आशा : सीमित सेयर आपूर्तिले पनि बलियो बनाउँदै त्रिशूली जलविद्युत्को आकर्षण
-
सुन–चाँदीको मूल्यमा भारी वृद्धि, सुन प्रतितोला ३ लाख नाघ्यो