सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोसी–१ आयोजनाको सहयोगमा प्रभावित क्षेत्रमा सरसफाइ
जलसरोकार
सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोसी–१ आयोजनाको सहयोगमा प्रभावित क्षेत्रमा सरसफाइ अभियान
काठमाडौं– जलविद्युत आयोजनाबाट प्रभावित चीनसँगको सीमा क्षेत्रका बस्ती तथा बजारहरुमा सरसफाई अभियान सुरु गरिएको छ । जिल्लाको भोटेकोसी गाउँपालिका–४ र ५ मा अभियान सुरु गरिएको हो ।
इलेक्ट्रो पावर कम्पनीको सहयोगमा स्थानीय क्लव तथा अगुवाहरुले अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत पहिलो तीन दिनमा हिन्दी बजार सफाइ गरिएको छ । आगामी ३० गतेसम्म चाकु र खुकेण्डोल बजार सफाइ गरिनेछ ।
सीमा जोडिएका सडकका बस्तीहरुलाई सफा राख्न अभियान सुरु गरेको स्थानीय हिन्दी युवा क्लवका अध्यक्ष विकास पौडेलले जानकारी दिए । जुन बस्तीमा जुन जुन संस्थाहरु क्रियाशील छन् तिनिहरुकै सहयोगमा अभियान अघि बढाउने जानकारी इलेक्ट्रो पावर कम्पनीले दिएको छ ।
अभियानमा जनप्रतिनिधि, आयोजनाका कर्मचारी, प्रहरी, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो । इलेक्ट्रो पावर कम्पनलीले भोटेकोसी गाउँपालिकामा ४० मेगावाटको भोटेकोसी आयोजना– १ निर्माण गरिरहेको छ ।
आयोजना प्रमुख इन्जिनियर उमेश पराजुलीका अनुसार नियमित रुपमा संकलन भएको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले तय गरेको डम्पिङ साइट प्रयोग गरिनेछ । त्यसका लागि आयोजनाले एक वटा सवारी साधन साप्ताहिक रुपमा उपलब्ध गराउने छ ।
सीमा क्षेत्रको भोटेकोसी नदीमा दुई वटा आयोजना निर्माण भइरहेको छ । माथल्लिो भोटेकोसी आयोजनाले भने अढाई दशकदेखि ४५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा