सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
जलसरोकार
काठमाडौँः सानिगाड हाइड्रो लिमिटेड ले आगामी चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गर्ने भएको छ।
कम्पनीले जारी पूँजी रु २ अर्ब ८५ करोड को ३० प्रतिशत अर्थात ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत बुंगल नगरपालिका का वडा नम्बर १, २ र ४ का बासिन्दालाई अति प्रभावित क्षेत्र मान्दै १८ लाख ५२ हजार ५०० कित्ता शेयर वितरण गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सोही नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने मिति छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनअघि गरिएको रेटिङ्गमा इक्रा नेपाल ले कम्पनीलाई इक्रएनपी–आईआर ‘डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको क्षमता ३८.४६ मेगावाट रहेको छ। आयोजनाको कुल लागत करिब रु ८ अर्ब ६८ करोड ७० लाख रहेको छ भने प्रतिमेगावाट लागत रु २२ करोड ५८ लाख रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनामा लगानीको साधारण फिर्ता अवधि ८.२५ वर्ष र डिस्काउण्ट गरिएको लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले लक्ष्मी सनराइज बैंक को चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंक का बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्