सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने
जलसरोकार
रसुवा : सालासुङ्गी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयबासिन्दाको मागअनुसार शेयर उपलब्ध गराउने भएको छ । शेयर पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयलाई शेयर दिन आयोजना तयार भएपछि विरोधका कार्यक्रम स्थगित गरिएको छ ।
निजी क्षेत्रको करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सालासुङ्गी जलविद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो। जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा करिब १५ मेगावाट विद्युत् उत्पादन हुने गर्दछ ।
आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले आयोजनाका तर्फबाट स्थानीयलाई शेयर उपलब्ध गराउने विषयमा जानकारीसहित पत्र प्राप्त भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनका अनुसार स्थानीयले जल, जंगल, जमिन तथा अन्य प्राकृतिक स्रोतको प्रयोग गरी निर्माण गरिने यस्ता आयोजनामा प्रभावित पक्षलाई प्राथमिकताका साथ शेयर दिनुपर्ने माग गर्दै आएका थिए।
स्थानीय स्रोत साधनको उपयोग गरी निर्माण भएको आयोजनाबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन पाउनुपर्ने आवाज उठ्दै आएको अवस्थामा सालासुङ्गी हाइड्रोपावरको निर्णयलाई सकारात्मक रूपमा हेरिएको छ। शेयर वितरणको विस्तृत कार्यविधि र प्रक्रिया भने आयोजनाले छिट्टै सार्वजनिक गर्ने जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता