विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट जनतालाई भ्रममा पारेको सत्ता पक्षकै सांसदको आरोप, ऊर्जामन्त्रीले जानकारी दिनुपर्ने माग
जलसरोकार
काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले नेपाल विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट आफू भ्रममा परेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै उनले यसबारेमा ऊर्जामन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए संसदले छानबिन गर्नुपर्ने बताए ।
उनले नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब घाटामा भएको श्वेतपत्र जारी गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए ।
उनले भने, ‘सर्वसाधारण जनताको कुरा छाडिदिऊँ म अलिकति क ख ग घ पढेकै एमपीमध्ये पर्छु म पनि भ्रममा छु । आम रूपमा नेपाली जनता भ्रममा छन्, यो के हो ? एक महिनाअगाडि नाफै नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपमा आउने १ महिनापछि ५ अर्ब घाटाको कुरा आएको छ। यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनुप¥यो अथवा यही संसदले वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता देखेको छु ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना