९० मेगावाटको मस्र्याङ्दीमा चार बैंकको साढे १० अर्ब लगानी सम्झौता


काठमाडौं : गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको छ ।
कुमारी बैक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा आज (माघ १८ गते) हस्ताक्षर भएको हो ।
लगानी सम्झौता एम. ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी, प्रभु, कृषि विकास र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो ।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तीय संस्थाहरुले पनि लगानी गर्ने भएका कम्पनीले जनाएको छ ।
निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभले ३ अर्ब, सिद्धार्थले २ अर्ब र कृषि बिकास बैकले १.५ अर्ब लगानी गर्नेछन् ।
स्वपूँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक उचित परिश्रम अध्ययन (ड्यू डिलिजेन्स स्टडी) अगाडि बढाएको कम्पनीका अध्यक्ष आचार्यले बताए ।
सोही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना (२२ मेगावाट) निर्माण कार्य अन्तिम चरणमा छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरण सँग २०८० साल कात्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्र्जी क्न्सलटेन्स प्रा लि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक