बल्खुमा राप्रपाको आमसभा, अध्यक्ष लिङदेनसहितका नेताहरूले सम्बोधन गर्ने
जलसरोकार
काठमाडौं ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा जिल्ला प्रशासन काठमाडौंले आमसभा गर्नमा रोक लागएपछि राप्रपाले बल्खुमा गर्ने भएको हो ।
आयोजित आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता श्रेष्ठले बताए ।
राजसंस्था पुनस्र्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना