सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारमा २४ सै घण्टा प्रयास, १५०–१६० मिटर सुरुङ जलमग्न

जलसरोकार
मंगलबार, भदौ ३०, २०८३ | १२:४२:०३ बजे

रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ठूला चट्टान, लेदो र पानीको अवरोधका बीच उद्धार कार्य २४ सै घण्टा निरन्तर भइरहेको छ। पछिल्लो दुई दिनदेखि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अहिले करिब १५० देखि १६० मिटर भाग जलमग्न रहेको छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको उनले बताएका छन्।

पानीको सतह घटेपछि नेपाली सेनाको तालिमप्राप्त उद्धार टोलीलाई गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

न्यौपानेले सुरुङभित्रका ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि टोलीको प्रयास नरोकिएको बताएका छन्।

“अवरोध जति कठिन, उद्धारको प्रयास पनि त्यति नै दृढ” भन्दै उनले निरन्तर प्रयास भइरहेको जनाएका छन्।

प्रकाशित मिति : मंगलबार, भदौ ३०, २०८३ | १२:४२:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया