ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव
जलसरोकार
काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले इप्पानमार्फत विगत दुई दशकभन्दा बढी समयदेखि ऊर्जा क्षेत्रलाई सबल बनाउँदै देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन योगदान पुगेको उल्लेख गरे ।
उपराष्ट्रपति यादवले इप्पानको सक्रियताले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा समेत टेवा पुगेको भन्दै त्यसको प्रशंसा गरे । नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा उनले जोड दिए ।
पर्याप्त र सस्तो ऊर्जाविना मुलुकको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उपराष्ट्रपति यादवले उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा ऊर्जा सहज रूपमा उपलब्ध भएमा तीव्र विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने बताए । साथै नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बङ्गलादेशलगायत छिमेकी मुलुकमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको पनि बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन, ‘प्रोक्युरमेन्ट वर्किङ क्यापिटल’ कर्जामा नयाँ व्यवस्था
-
ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन
-
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने
-
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
-
‘जाबो’ सय मेगावाट पनि किन यति गाह्रो भयो?
-
विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकको नयाँ विभाग