रिज लाइन इनर्जीको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ११.८० लाख कित्ता शेयर
जलसरोकार
काठमाडौँ : रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि कम्पनी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ ।
अब कम्पनीले कर्मचारीका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता छुट्याएर बाँकी ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी (क्ष्ककगभच च्बतष्लन)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरिरहेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि ३० वर्ष ११ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र छुट दर (डिस्काउण्ट) मा १० वर्ष ९ महिना रहेको कम्पनीले जनाएको छ। सो आयोजना २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादनमा गई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी