रिज लाइन इनर्जीको आईपीओ माघ २८ देखि सर्वसाधारणका लागि खुल्दै
जलसरोकार
काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर निष्काशन गर्नेछ । यसमध्ये २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुनेछ ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भई राष्ट्रिय प्रसारण लाइनमा विद्युत बिक्री हुँदै आएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु