कोरला नाकाबाट ७ महिनामा रु ५ अर्ब ७३ करोड राजस्व संकलन
जलसरोकार
मुस्ताङ : मुस्ताङ भन्सार कार्यालय ले चालु आर्थिक वर्षको सात महिनामा रु पाँच अर्ब ७३ करोड ६१ लाख राजस्व सङ्कलन गरेको छ। कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि भन्सार कारोबार उल्लेखनीय रूपमा बढेको हो।
भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार सो अवधिमा चीनतर्फबाट रु १२ अर्ब २२ करोड ७६ लाख बराबरका मालवस्तु आयात भएका छन् भने नेपालबाट रु २० करोड ५५ लाख बराबरका वस्तु निर्यात भएका छन्।
गत साउन–भदौमा रसुवागढी नाका र तातोपानी नाका बाढीपहिरोका कारण प्रभावित हुँदा कोरला नाकाबाट आयात–निर्यातमा वृद्धि भए पनि पछिल्लो समय भने कारोबार केही घटेको भन्सार प्रमुख खड्काले जानकारी दिएका छन् ।
सात महिनामा कोरला नाकाबाट चीनबाट आयात गरिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधन (इभी) जाँचपास भएका छन्। साथै, एक हजार ८१८ वटा मालवस्तु ढुवानी गर्ने कन्टेनर आयाततर्फ जाँचपास भएका छन् भने नेपालबाट १३७ वटा कन्टेनरमार्फत स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री निर्यात गरिएको छ।
कोरला नाका सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक सामग्री तथा इलेक्ट्रोनिक उपकरणको आयात बढेको छ, जसले उत्तरी नाकाबाट हुने व्यापारलाई थप गतिशील बनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला