पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन
जलसरोकार
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म चार खर्ब नौ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा सरकारले पाँच खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ८० अर्ब २७ करोड रुपैयाँ संकलन भएको छ । यो मंसिर महिनाको लक्ष्यको ८४ दशमलव ३१ प्रतिशत हो ।
चालु आर्थिक वर्षभर सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
गत आर्थिक वर्षको यही पाँच महिनाको अवधिमा सरकारले चार खर्ब पाँच अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब चार अर्ब रुपैयाँले मात्रै बढेको छ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१ दशमलव ९ प्रतिशत राजस्व संकलन भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता