छ महिनामा ३ अर्ब २७ करोडभन्दा बढी राजस्व सङ्कलन
जलसरोकार
बागमती : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना मात्र रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले कुल रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो ।
कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ रु ८१ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो ।
हाल उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि करतर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ तथा व्यक्तिगततर्फ ८१ हजार ८१२ करदाता सूचीकृत रहेका छन् ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने जस्ता अभियान सञ्चालन गरी रु १० करोड बक्यौता असुली गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता