सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनाले गति लिँदै

जलसरोकार
बुधबार, भदौ २४, २०८३ | ०९:४३:१८ बजे

 

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको कामले तीव्रता पाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्र बनाइएको हो । गत भदौ १० गते आएको बाढीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरी विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि मन्त्रालयले वैकल्पिक उपायसमेत अपनाएर विद्युतीकरणको कामलाई प्राथमिकताका साथ अघि बढाएको हो । यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । बाँकी क्षेत्रमा पनि विद्युत् सेवा सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

विद्युत् सेवा तत्काल पुग्न नसकेका स्थानमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत वैकल्पिक ऊर्जा उपलब्ध गराउने काम भइरहेको छ । केन्द्रले सामुदायिक आश्रयस्थलका लागि दुई किलोवाट क्षमताका सौर्य प्रणाली तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सौर्य प्रणाली वितरण गर्ने कार्य अघि बढाएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी निरन्तर खटिएर विद्युत् सेवा पुनःस्थापनाको काम गरिरहेका छन् ।

प्रकाशित मिति : बुधबार, भदौ २४, २०८३ | ०९:४३:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया