चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
जलसरोकार
रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्य थप अगाडि बढाइएको छ। उद्धार टोलीले सुरुङमा थुप्रिएका ठूला ढुंगा र लेदो एक्स्काभेटर तथा ह्विल लोडर प्रयोग गरी हटाइरहेको इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
न्यौपानेका अनुसार सुरुङभित्रको भग्नावशेष हटाउँदै उद्धार टोली क्रमशः अगाडि बढिरहेको छ। यसअघि सुरुङभित्र कडा भग्नावशेष तथा फलामे डन्डी भेटिएको थियो।
सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले भने त्यस्ता फलामे डन्डीहरू उद्धार टोलीले पहिले नै अपेक्षा गरेको ‘ब्लास्ट ब्लकेज’ को हिस्सा भएको र त्यसलाई हटाउनु उद्धार योजनाकै भाग रहेको बताएका छन्।
चिलिमे सुरुङमा फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना, भारतीय उद्धार टोली, आयोजना तथा विदेशी सुरुङ विज्ञहरू सक्रिय छन्। कठिन भग्नावशेष हटाउँदै सुरुङभित्र थप पहुँच बनाउने काम भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी