चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
जलसरोकार
रसुवा । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्य थप अगाडि बढाइएको छ। उद्धार टोलीले सुरुङमा थुप्रिएका ठूला ढुंगा र लेदो एक्स्काभेटर तथा ह्विल लोडर प्रयोग गरी हटाइरहेको इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
न्यौपानेका अनुसार सुरुङभित्रको भग्नावशेष हटाउँदै उद्धार टोली क्रमशः अगाडि बढिरहेको छ। यसअघि सुरुङभित्र कडा भग्नावशेष तथा फलामे डन्डी भेटिएको थियो।
सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले भने त्यस्ता फलामे डन्डीहरू उद्धार टोलीले पहिले नै अपेक्षा गरेको ‘ब्लास्ट ब्लकेज’ को हिस्सा भएको र त्यसलाई हटाउनु उद्धार योजनाकै भाग रहेको बताएका छन्।
चिलिमे सुरुङमा फसेका भनिएका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेना, भारतीय उद्धार टोली, आयोजना तथा विदेशी सुरुङ विज्ञहरू सक्रिय छन्। कठिन भग्नावशेष हटाउँदै सुरुङभित्र थप पहुँच बनाउने काम भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न