नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक राष्ट्रिय सभामा
जलसरोकार
काठमाडाैं– राष्ट्रिय सभा बैठकमा नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश भएको छ। आइतबारको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश गरेका हुन्। पेश गर्दै उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलभ मूल्यमा भरपुर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए।
उनले ग्रामीण ऊर्जा नीति, २०६३ र राष्ट्रिय ऊर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमशः नविकरणी ऊर्जा एवं ऊर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरुको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानुनी व्यवस्था हुने बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
-
अविरल वर्षाले देशभरका सडक प्रभावित, अरनिको, पासाङ ल्हामु र बेनी–जोमसोम सडक अवरुद्ध
-
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी