रसुवागढी सडक तीन महिनाका लागि बन्द हुने
जलसरोकार
काठमाडौं : सरकारले गल्छी–त्रिशुली–मैलुङ–स्याप्रुबेशी हुँदै रसुवागढी जोड्ने सडक खण्ड आगामी चैत १८ गतेदेखि तीन महिनाका लागि बन्द गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले सूचना जारी गर्दै स्याप्रुबेशी दक्षिण पुलदेखि चीन–नेपाल मैत्री पुल (रसुवागढी) सम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहने जनाएको हो ।
चीन सरकारको अनुदान सहयोगमा स्तरोन्नति भइरहेको उक्त सडक खण्डमा निर्माण कार्य तीव्र पार्न तथा जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ । विशेषगरी अति अप्ठ्यारो तथा जोखिमयुक्त भूभागमा काम गर्न निर्माण सामग्री व्यवस्थापन, भारी मेसिनरी सञ्चालन तथा श्रमिक सुरक्षाका लागि सवारी आवागमन रोक्नु आवश्यक देखिएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले तीन महिनासम्म सडक बन्द हुँदा यात्रु तथा स्थानीयवासीमा पर्ने असुविधाप्रति क्षमायाचना गर्दै वैकल्पिक व्यवस्थापनका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता