रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा
जलसरोकार
रसुवा : नेपाल–चीन सीमा स्थित उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको थियो। नाका पुनः सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेको छ, जसले ५५ टन भारवहन क्षमता राखेको छ ।
नाका सञ्चालनसँगै केरूङ नाका खुल्दा चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका छन् । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार, केही सवारीसाधन पनि त्यहाँ जाने तयारी अवस्थामा रहेका छन् ।
यस क्रममा, मालसामान आयातको करबाट सङ्कलन हुने राजस्वमा चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
सवारी चालक सुकु तामाङले भने, स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या आएको र सम्भावित दुर्घटनाबाट जनधनको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका निकायलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।
गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेको थियो। गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि त्यो समयमा सडकको ट्र्याक मात्र खोलिएको थियो र टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बढेको थियो ।
नाका पुनः सञ्चालन भएपछि सीमा व्यापारमा सहजता आउने र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार