विद्युत प्राधिकरणको आर्थिक अवस्थाबारे ऊर्जामन्त्री खड्कालाई संसद्मा स्पष्ट जानकारी दिन रास्वपाको माग
जलसरोकार
काठमाडाै : रास्वपा सचेतक निशा डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्थाबा बारे संसद्मा आएर स्पष्ट जानकारी गराउन माग गरेकिछिन् ।
उनले ’केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको विद्युत प्राधिकरण एक महिनाभित्र कसरी ५ अर्ब २६ करोड घाटामा भयो ? भनेर प्रश्न गरेकिछिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीले स्पष्टिकरण दिन माग गर्दछु,’ भनिन् ।
सरकार जनताका दैनिक समस्या समाधान गर्नेमा ध्यान दिनभन्दा पनि कहिले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक त कहिले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अड्किएको रास्वपा सचेतक डाँगीले भनाई छ । उनले सरकारलाई यस्ता गतिविधि छोडेर जनताको काममा लाग्न माग गरेकी छन् ।
’सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्न पनि सुझाव दिन चाहन्छु,’ उनले भनिन्,
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?