विद्युत प्राधिकरणको आर्थिक अवस्थाबारे ऊर्जामन्त्री खड्कालाई संसद्मा स्पष्ट जानकारी दिन रास्वपाको माग
जलसरोकार
काठमाडाै : रास्वपा सचेतक निशा डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्थाबा बारे संसद्मा आएर स्पष्ट जानकारी गराउन माग गरेकिछिन् ।
उनले ’केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको विद्युत प्राधिकरण एक महिनाभित्र कसरी ५ अर्ब २६ करोड घाटामा भयो ? भनेर प्रश्न गरेकिछिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीले स्पष्टिकरण दिन माग गर्दछु,’ भनिन् ।
सरकार जनताका दैनिक समस्या समाधान गर्नेमा ध्यान दिनभन्दा पनि कहिले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक त कहिले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अड्किएको रास्वपा सचेतक डाँगीले भनाई छ । उनले सरकारलाई यस्ता गतिविधि छोडेर जनताको काममा लाग्न माग गरेकी छन् ।
’सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्न पनि सुझाव दिन चाहन्छु,’ उनले भनिन्,
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना