फेदीखोला हाइड्रोमा राष्ट्रिय बाणिज्य बैंकको ऋण लगानी सम्झौता
जलसरोकार
काठमाडौं : फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता बिहीबार भएको छ ।
सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लि. का तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ५० करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।
कुल लागत ९४ करोड रहेको उक्त आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यही साउनको अन्त्यसम्ममा कम्पनीलाई निजीबाट सार्वजनिकमा परिवर्तन गरी स्वपँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यही आर्थिक वर्षभित्र गरिने लक्ष्य छ ।
आगामी २०८२ असोजभित्र सम्पन्न हुने योजना रहेको उक्त आयोनाक लागि आवस्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँच मार्ग निमार्ण, गोदाम घर, आवस गृह आदिको निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।
हाल सिभिल निमार्ण ठेक्का सम्झौता सम्पन्न भई करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
निजी क्षेत्रको भरोसायोग्य ऊर्जा सहयात्री बन्न चाहन्छौँ : विद्युत् विकास विभाग