मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक, सञ्चालक समितिको बैठक बस्दै
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।
मङ्गलवार साँझसम्म समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘मौद्रिक नीति समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक बस्दैछ । सम्भवतः आजै समीक्षा सार्वजनिक हुनसक्छ’, स्रोतले भन्यो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीति समीक्षा हो । उनको कार्यकाल आगामी चैत्रमा सकिँदै छ ।
आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको कसरतमा रहेका गभर्नर अधिकारीले ठूलो नीतिगत परिवर्तन नगर्ने तयारी रहेको समेत स्रोतले जनाएको छ ।
गभर्नर अधिकारीले मौद्रिक नीति समीक्षाबारे मङ्गलवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग समेत छलफल गरिसकेको स्रोतले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
-
नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
-
शेयर बजारमा फेरि दबाब: सुस्त कारोबारसँगै नेप्से झर्यो
-
मुद्रास्फीति नियन्त्रणदेखि विदेशी मुद्रा सञ्चिति मजबुत
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण
-
२०८२ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि